दफा ६४८
अप्रत्यक्ष वा अर्ध करार भएको मानिनेः

(१) यस भागको परिच्छेद–२ मा जुनसुकै कुरा लेखिएको भए तापनि कानूनी सम्बन्ध (जुरिडिकल रिलेशन) कायम हुन सक्ने कुनै निश्चित, कानूनसम्मत, स्वेच्छिक वा एकतर्फी काम कसैले गरेकोमा अप्रत्यक्ष करार वा अर्ध करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम अप्रत्यक्ष वा अर्ध करार भएमा सोही तथ्यबाट यस परिच्छेद बमोजिम दायित्व सृजना हुनेछ ।